/* Sketch */
×

पहिले

चेत खुलेपछि राष्ट्रिय झण्डाले पायो सम्मान !

काठमाडौंको तीनकुनेमा रहेको नेपालको राष्ट्रिय झण्डाको दुर्दशा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकै रहेको तथा राष्ट्रप्रमुख एवं सरकार प्रमुखको औपचारिक सवारी हुने सकडमा रहेको राष्ट्रिय झण्डाको यो अवस्थाले हाम्रो जिम्मेवारीलाई झल्काउँछ ।

अहिले

चेत खुलेपछि राष्ट्रिय झण्डाले पायो सम्मान !

काठमाडौं तीनकुनेको सडकको बीचमा रहेको च्यातिएका झण्डा फेरिएका छन् । लोकान्तर डटकमको ‘पट्टुको समदृष्टि’स्तम्भमा गत साता राष्ट्रिय झण्डाको दुर्दशा शीर्षकमा तश्वीर प्रकाशित भएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलनजिक राष्ट्र र सरकार प्रमुखको औपचारिक सवारी हुने सडकमा रहेका राष्ट्रिय झण्डाको दुर्दशाको तश्वीर प्रकाशित भएपछि सम्बन्धित निकायले च्यातिएका झण्डा हटाएर नयाँ राखेको छ ।

कमेन्ट गर्नुहोस्