
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र क्यानाडाका संसदबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
नेपाल भ्रमणमा रहेका क्यानाडाको माथिल्लो सदन (सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा तिमिल्सिनाले सो कुरा बताएका हुन्।
भेटमा अध्यक्ष तिमिल्सिनाले यस किसिमको उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सहयोग पु¥याउने बताए। ‘दुई देशबीच संसदीय सम्बन्धमा यो अहिलेसम्मकै उच्चस्तरीय भ्रमण हो,’ उनले भने, ‘म आशा गर्दछु भविष्यमा दुवैतर्फबाट यस किसिमका भ्रमणको निरन्तरता हुनेछ।’
उनले नेपालको आर्थिक समृद्धि र प्राथमिकताका विषययमा क्यानाडालगायत अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोगको अपेक्षा रहेको उल्लेख गरे।
सभामुख फ्युरीले नेपालसँगको सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताए। उनले नेपाल एकात्मक राज्य प्रणालीबाट सङ्घीय राज्य भएको उल्लेख गर्दै यसका चुनौतीबारे क्यानाडा जानकार रहेको बताए।