०६ साउन २०८३, बुधबार

सप्तकोसी क्याम्पसलाई ग्लोबल बैंकको पाँच लाख सहयोग

सप्तकोसी क्याम्पसलाई ग्लोबल बैंकको पाँच लाख सहयोग

ग्लोबल आइएमई बैंक लिमिटेडले सप्तकोसी बहुमुखी क्याम्पसको भवन निर्माणको लागि ५ लाख सहयोग गरेको छ।

ग्लोबल आइएमई बैंक लिमिटेड इटहरी शाखा प्रबन्धक मुकेशकुमार शाहले सोमबार आयोजित एक कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल र सप्तकोसी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र निरौलालाई ५ लाखको चेक हस्तान्तरण गरेका हुन्।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रकम प्रदान गरिएको ग्लोबल बैंकले जनाएको छ।

क्याम्पस प्रमुख निरौलाले क्याम्पसमा विद्यार्थीलाई संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी अध्यापन गराउने गरेको र ग्लोबल आइएमई बैंक लिमिटेडले क्याम्पस भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको देख्दा निकै हर्षित भएको बताए।

बराहक्षेत्र नगरपालिकाका मेयर खनालले बैंकले क्याम्पस भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेकोमा ग्लोबल आइएमई बैंक लिमिटेडलाई धन्यवाद व्यक्त गरे।

एनले ग्लोबल आइएमई बैंक, क्याम्पसलाई भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्ने निजी क्षेत्रको प्रथम संस्था भएको समेत जानकारी गराए।
 
 
 

salt training

कमेन्ट गर्नुहोस्