
नेपाली सांगीतिक क्षेत्रमा निकै लोकप्रिय मोक्तान परिवारको नयाँ गीत ‘माटोको माया’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ ।
ओपन सेसन्स्को लोकप्रियता र संगीतको बढवाका लागी उचित रहेकोले मोक्तान परिवारले यस माध्यम मार्फत गीत सार्वजनिक गरेका छन् ।
टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने ‘टुबोर्ग ओपन सेसन्स् २’ एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्घ कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतिहरु पेश गरिन्छ ।
‘माटोको माया’ का शब्दहरु पुर्ण रावलले लेखेका हुन् जसले विदेशिएको व्यक्तिले आफ्नो मातृभूमि सम्झदाको भावनाहरु प्रस्तुत गरेको छ । उक्त गीत पात्रको जन्म र बाल्यकाल बितेको गाँउ, सुन्दर सम्झनाहरू, परिवार तथा साथीहरुबाट पाएको निस्वार्थ माया र समर्थनको बारेमा रहेको छ । आफ्नो मातृभूमिलाई याद गर्दै उनले गीतमा आफ्ना भावनाहरू पोखाएका छन् ।
शिला बहादुर मोक्तान, कुन्ती मोक्तान र उनीहरुका छोरीहरु सुवानि र शितल मोक्तान गायनमा रहेका छन् भने मन्जिल विक्रम केसीले गीत एरेन्ज गरेका हुन् र मनोज कुमार केसीले अडियो सुपरभाईज गरेका हुन् ।
टुबोर्ग ओपन सेसन्स् सिजन २ ले नेपाली संगीतकारहरुसँग गौरवपुर्ण उत्साह मनाउँदै उनीहरुलाई टुबोर्ग ओपनको मञ्चमा ल्याउने क्रम जारी राख्नेछ । सिजन १ प्रस्तुत गरिएका ५१ वटा बेजोड गीतहरुले १ करोड भन्दा बढी भ्युज संकलन गर्न सफल भएको थियो ।