०४ असार २०८३, बिहीबार

डिभोर्सपछि पत्नीलाई पैसा दिनुपर्छ भनेर यी व्यक्तिले जलाए सात करोड रुपैयाँ

डिभोर्सपछि पत्नीलाई पैसा दिनुपर्छ भनेर यी व्यक्तिले जलाए सात करोड रुपैयाँ

क्यानडाका ५५ वर्षीय एक व्यवसायीले ७.१३ लाख डलर अर्थात् सात करोडभन्दा बढी रुपैयाँ जलाएका छन् ।

उनले पत्नीसँगको डिभोर्सपछि आफूसँग भएको पैसा बाँड्न नपरोस् भन्नका लागि उक्त रकम जलाएका हुन् ।

ब्रूस मेककोनबिलेले अदालतमा बयान दिने क्रममा आफूले विभिन्न बैंकमा भएका पैसा २५ पटक निकालेर जलाएको बताएका थिए ।

ब्रूसले आफूले बैंकबाट पैसा निकालेको रकमको रसिद आफूसँगै भएको समेत बताए ।

ब्रूसले आफ्नो गल्ती स्वीकार गरिसकेका छन् र उनलाई अदालतले ३० दिनको जेल सजाय सुनाइएको छ ।

ब्रूसले भने, 'डिभोर्सको प्रक्रिया भइरहेको थियो, मैले पत्नीलाई पैसा दिन चाहेको थिइनँ । त्यसैले भएको पैसा बैंकबाट निकालेर जलाइदिएँ ।'

salt training

कमेन्ट गर्नुहोस्