३१ जेठ २०८३, आइतबार

काबुलमा बम विस्फोट, ५ जनाको मृत्यु

काबुलमा बम विस्फोट, ५ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा मंगलवार बिहान एउटा आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । 

हालसम्म कुनै समूहले यस आक्रमणको जिम्मा लिएको छैन । स्थानीय समयानुसार मंगलवार बिहान ८ बजेतिर सो विस्फोट भएको जनाइएको छ । 

यस विस्फोटमा दुई सर्वसाधारण नागरिक र तीन सैनिकसहित पाँच जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य  १२ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताएका छन् । 

गृह मन्त्रालयले मृतकको सङ्ख्या पुष्टि गरेको छ । तर गृह मन्त्रालयले घाइते सङ्ख्या भने छ मात्र भएको बताएको थियो । 

'यो एउटा ठूलो विस्फोट हो जसले हाम्रो घरलाई हल्लायो, हामीले पछि गोलीबारीको आवाज सुन्यौं, एम्बुलेन्सहरू तुरुन्तै त्यस इलाकामा पुगेर उद्धारको काम थालेका छन्,' एकजना स्थानीय समीउल्लाहले एएफपीलाई बताएका छन् ।  

हालैका हप्ताहरूमा तालिबानले अमेरिकासँग वार्ताको लागि भन्दै प्रमुख सहरी केन्द्रहरूमाथि आक्रमण गरेको अस्वीकार गर्दै आएका भए तापनि कैयौं प्रान्तमा हिंसा जारी रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्