२८ असार २०८३, आइतबार

आईएमई लिमिटेडका अध्यक्ष ढकाललाई सीआईपी सम्मान

आईएमई लिमिटेडका अध्यक्ष ढकाललाई सीआईपी सम्मान

आईएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मानबाट सम्मानित भएका छन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलवार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई सम्मान प्रदान गरेका हुन् ।

बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याई मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उनलाई सम्मान प्रदान गरेको छ ।

ढकाल यसअघि सन् २०१४ मा पनि सम्मानबाट सम्मानित भएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकालको बैंक, वित्त तथा अन्य सेवामूलक क्षेत्रमा लगानी रहेको छ । केन्द्रले ढकाललगायत २५ जना विभिन्न व्यक्तित्वलाई सम्मान प्रदान गरेको छ । 

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्व कम्पनीले सेवा शुभारम्भको १९ औं वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २३६ आईएमई सेन्टरसहित ७७ जिल्लाका करीब १२ हजार सवएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटोछरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्