
आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिकाले नेपाललाई ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बुधवार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा अमेरिकाले नेपाललाई ३६ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
नेपाली स्पिनरसामु निरीह बनेको अमेरिका १२ ओभरमा ३५ रन बनाएर अलआउट भयो ।
अमेरिकालाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ६ विकेट लिए । त्यस्तै सुसन भारीले ४ विकेट लिए ।
अमेरिकाका लागि जेभियर मार्सलले सर्वाधिक १६ रन बनाए भने अन्य ब्याट्स्म्यानले दोहोरो अंक बनाउन सकेनन् ।