३२ असार २०८३, बिहीबार

सिभिल बैंकको १०७ औं शाखा जीतपुरमा

सिभिल बैंकको १०७ औं शाखा जीतपुरमा

नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजनबिकम थापा तथा जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्णप्रसाद पौडेलले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको जीतपुर शाखाको उद्घाटन गरेका छन् ।

देशकै विकासोन्मुख शहरमध्येको एक प्रमुख शहर जीतपुर सिमरामा शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिकम थापाले देशको आर्थिक विकास बैंकहरूको सहभागिता विना हुन नसकिने भएकाले सिभिल बैंकले जीतपुरमा शाखा विस्तार हुँदा यस क्षेत्रको वित्तीय गतिविधिमा टेवा पुग्ने कुरा बताए ।

कार्यक्रमका विशिष्ट अतिथि जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्णप्रसाद पौडेलले जीतपुरमा सिभिल बैंकले शाखा खोलेकोमा खुशी व्यक्त गर्दै बैंकप्रति कृतज्ञता ज्ञापन गरे । 

सिभिल बैंकले यस क्षेत्रको जनताको घरदैलोसम्म पुगी वित्तीय सेवा उपलब्ध गराई त्यहाँको जनताको जीवनस्तर उकास्न सघाउ पुर्‍याउनेमा विश्वास व्यक्त गरे ।

उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले देशको औद्योगिक नगरी वीरगञ्जसँग नजिक जीतपुरमा प्रशस्त औद्योगिक अवसर रहेको र आफूले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सान्दर्भिक सेवा तथा सुविधा प्रदान गर्ने बताए ।

कार्यक्रमबीच सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजुकुमार सिंहलाई विद्यालयको इ–लाईब्रेरीको लागि एक थान कम्प्युटर हस्तान्तरण गरे ।

शाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका मुख्यप्रबन्धक राजनबिकम थापा, जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्णप्रसाद पौडेल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्व, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । 

सिभिल बैंकको हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहक रहेको ५२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करीब ५० अर्ब कर्जा लगानी गरेको र बैंकको प्रदेश नम्बर २ मा यस शाखा समेत गरी १३ शाखा तथा नेपालभर कूल शाखा संख्या १०७ पुगेकोे पनि बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्