
सरकारले चालू आर्थिक वर्षमा मूल्यवृद्धि ६ प्रतिशतभित्रै सीमित गर्ने लक्ष्य लिए पनि असफल भएको छ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा मूल्यवृद्धि ६ दशमलव ४ प्रतिशत पुगेको हो।
बुधबार चालु आर्थिक वर्षको अर्धवार्षिक बजेट समीक्षा गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले मूल्यवृद्धि लक्ष्यभन्दा माथि पुगेको बताएका हुन्। लक्ष्यभन्दा ०.४ प्रतिशत बिन्दूले बढेको हो।
गत आर्थिक वर्षको यही अवधिमा मूल्यवृद्धि ४.६ प्रतिशत थियो।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ५ महिनाको समीक्षा गर्दा औषत मूल्यवृद्धि ६.५५ प्रतिशतले बढेको जनाएको थियो।