०३ साउन २०८३, आइतबार

कांग्रेसले निलम्बन गर्‍याे पार्टी विधानका यी दफा

कांग्रेसले निलम्बन गर्‍याे पार्टी विधानका यी दफा

नेपाली कांग्रेसले पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागू हुने गरी पार्टी विधानका केही दफा निलम्बन गरेको छ। 

केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा अधिवेशन र महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न विधानका दफा निलम्बन गरेको हो।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार विधानका दफा निलम्बन गर्ने निर्णयलाई पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गराइनेछ।

बैठकले दफा ४ (२) को ‘एक वर्ष पुगेपछि”, (१०) (ञ) ‘छ महिना’, (१२) (ख) ‘नेपाली काँग्रेसको सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको,’ दफा ३५ को (२) (घ) ‘भन्दा  कम्तीमा एक वर्ष’ र ‘तीन महिना’, दफा ५० को (६) – ‘छ महिना अगावै’ र ‘छ महिना’ व्यवस्था निलम्बन गरेको उनले बताए।

यसैगरी पार्टीका वडा तहमा हाल विद्यमान क्रियाशील सदस्य सङ्ख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।  

काँग्रेस पार्टी सङ्गठनको अन्तरिम संरचनाको समायोजनको कार्य केही जिल्लामा हालसम्म पनि सम्पन्न नभइसकेकाले क्रियाशील सदस्यता वितरण÷नवीकरण यही माघ १३ गतेको बैठकको निर्णयबाट पारित समायोजन र क्रियाशील सदस्यसम्बन्धी कार्यतालिका बमोजिम परिमार्जन गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्