११ असार २०८३, बिहीबार

पतिकै अगाडि पत्नीको बलात्कार, १२ वर्षपछि पक्राउ परे आरोपित

फागुन १, २०७६
पतिकै अगाडि पत्नीको बलात्कार, १२ वर्षपछि पक्राउ परे आरोपित

पतिकै अगाडि पत्नीलाई बलात्कार गरेर फरार एक अभियुक्त बुधवार पक्राउ परेका छन् ।

घटनामा संलग्न हनुमाननगर कंकालिनी नगरपालिका ११ इनरुवाका ५० वर्षीय हरिनारायण यादव १२ वर्षपछि पक्राउ परेको सप्तरीका डीएसपी तिलक भारतीले जानकारी दिए ।

उनका अनुसार अर्का अभियुक्त दुधियावाला भनिने खटर यादव भने फरार रहेका छन् । 

पीडितले ढिलै भएपनि न्याय पाउने सम्भावना बढेको बताएका छन् । ‘बगेको खोला १२ वर्षमा फर्कन्छ भन्थे, हो रहेछ, १२ वर्षपछि अभियुक्त पक्राउ परे,’ पीडित दम्पतीले भने । अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्