२८ जेठ २०८३, बिहीबार

सञ्चारमन्त्री बाँस्कोटाको प्रश्न : सूचना प्रविधि विधेयकमाथि गलत ब्याख्या भयो कि ?

फागुन २, २०७६
सञ्चारमन्त्री बाँस्कोटाको प्रश्न : सूचना प्रविधि विधेयकमाथि गलत ब्याख्या भयो कि ?
फाइल फोटो

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका केही असमझदारीलाई किनारा लगाएर छिट्टै संसद्बाट पारित हुने बताएका छन् ।

क्यान इन्फोटेक मेलाको २६ औं संस्करणको शुक्रवार उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले डिजिटल क्षेत्रमा सुशासन, पारदर्शिता र डिजिटल कारोवारको वैधता आदि विषयलाई ध्यान दिएर सरकारले विधेयक ल्याएको उल्लेख गरे ।

डिजिटलको दुरुपयोग रोक्न र यसबाट हुने अपराध नियन्त्रण गर्न सरकारले नीतिगत सुधारको प्रक्रिया अघि बढाएको उनको भनाइ थियो ।

अभिव्यक्ति स्वतन्त्रता भनेर बेस्सरी कराउने तर, डिजिटल क्षेत्रमा हुन खोजेका सुशासन पारदर्शिता र डिजिटल कारोबारका वैधतालाई बेवास्ता गर्न नमिल्ने भन्दै सञ्चारमन्त्री बाँस्कोटाले भने, ‘सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रतासँग मात्रै जोडिएको छैन ।’

उनले भने, ‘सूचना प्रविधि विधेयकमाथि गलत ब्याख्या भयो कि भन्ने लाग्छ ।’ उनले प्रश्न गरे, ‘प्रविधिको पहुँच, हस्तान्तर र प्रविधिको पहुँच र अभावबीचको खाडलको पूरा गर्ने भनेर ‘डिजिटल इकोनोमी’ को कुरा गर्ने तर कानूनी व्यवस्था, सुरक्षित कारोबार, सदुपयोगजस्ता विषयलाई ख्याल नगर्ने ?’

सञ्चारमन्त्री बाँस्कोटाले सूचना प्रविधि विधेयकमा पहिलाको विद्युतीय कारोबार ऐनका भन्दा बढी स्वतन्त्रताका विषयहरू रहेको भन्दै अभिव्यक्ति स्वतन्त्रताका नाममा हल्लाको पछि नलाग्न आग्रह गरे । ‘सामाजिक सञ्चालका केही कुरा जोडिएको छ । त्यो मिडियासँग जोडिएको विषय होइन । विधेयकमा रहेका दण्ड, सजाय बढी भएमा त्यसलाई कम गराएर पारित गर्छौं,’ उनले भने ।

उनले डिजिटल नेपालको संकल्पको व्यावहारिक कार्यान्वयनका लागि सरकारले पर्याप्त लगानी गरेको र गाउँका कुनासम्म इन्टरनेटको पहुँच विस्तारमा लागेको बताए । उनले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको सूचना प्रविधि विधेयक हाल संघीय संसदमा विचाराधीन अवस्थामा रहेको जानकारी दिए । उनले संसद्को विकास समितिको बैठकले सूचना प्रविधि विधेयकको प्रतिवेदन फरकमतसहित पारित गरेको उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्