०५ साउन २०८३, मंगलबार

चित्रबहादुर केसीको दाबी : ‘भारतको अन्तिम योजना नेपाल कब्जा गर्ने रहेको छ’

फागुन २, २०७६
चित्रबहादुर केसीको दाबी : ‘भारतको अन्तिम योजना नेपाल कब्जा गर्ने रहेको छ’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल कब्जा गर्ने भारतको योजना रहेको दाबी गरेका छन् ।

हालसम्म देशका ७१ ठाउँमा नेपालको सीमा मिचेको भारतको अन्तिम योजना नेपाल नै कब्जा गर्ने रहेको दाबी गरे ।

पार्टी निकट अखिल नेपाल महिला संघको शुक्रवारदेखि बुटवलमा शुरू भएको सातौं राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपालका ठूला नदीनाला भारतले कब्जा गरिसकेको बताए । 

उनले सत्ता सञ्चालकको कमजोरीका कारण संसारमै जलस्रोतको धनी देशका नेपाली जनता अहिले भिख मागेर खाने अवस्थामा पुगेको बताए । संविधान कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले संविधान कार्यान्यनका लागि फेरि संघर्ष गर्नुपर्ने बताए ।

विकासको नाममा सरकारले एमसीसी ल्याएर जनतामा भ्रम सिर्जना गरेको दाबी गर्दै हिजो महाकाली सम्झौता गरेकाहरूले अहिले एमसीसी ल्याएर जनतालाई झुक्काउन लागेको बताए ।

एमसीसी नेपालको हितमा नभएको उल्लेख गर्दै अमेरिकाले सहयोगको नाममा एमसीसी भित्र्याएर नेपालमा अमेरिकी सेनाको अखडा बनाउन खोजेको दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्