२३ असार २०८३, मंगलबार

सांसदको निधनप्रति कांग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

फागुन २, २०७६
सांसदको निधनप्रति कांग्रेस संसदीय दलद्वारा दुःख व्यक्त
फाइल फोटो

नेपाली कांग्रेसको संसदीय दलले राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेको छ । 

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण र राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले शुक्रवार छुट्टाछुट्टै विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको ५१ वर्षको उमेरमा शुक्रवार निधन भएको हो । उनीहरूले सांसद उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको संगठनमा सक्रिय योगदान पुर्‍याएको उल्लेख गर्दै उपाध्यायको निधनले राष्ट्र र कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

विक्रम संवत् २०२६ सालमा जन्मिएका उपाध्याय २०४६ सालको जनआन्दोलनदेखि कांग्रेसमा सक्रिय रहँदै आएका थिए । विक्रम संवत् २०५४ सालको स्थानीय निर्वाचनमा रुपन्देहीको साबिक मधुवनी गाविसमा उनी उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । 

कांग्रेसको १२ औं र १३ औं महाधिवेशनमा उपाध्याय २ कार्यकाल क्षेत्रीय सभापतिसमेत थिए । विक्रम संवत् २०७४ सालमा उनी कांग्रेसका तर्फबाट प्रदेश नम्बर ५ बाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्