०४ असार २०८३, बिहीबार

खेल विकासमा प्रशस्त लगानी भएको छ : मन्त्री थापा

फागुन ३, २०७६
खेल विकासमा प्रशस्त लगानी भएको छ : मन्त्री थापा
फाइल फोटो

गृहमन्त्री रामबहादुर थापाले सरकारले समग्र विकाससँगै खेल क्षेत्रमा प्रशस्त लगानी गरेको जानकारी दिएका छन् ।

मकवानपुरको बाग्मती गाउँपालिकामा आयोजित तेस्रो गोल्डकपको उद्घाटन गर्दै उनले राजनीतिक परिवर्तनसँगै देशले खेल क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको बताए ।

‘हालै सम्पन्न दक्षिण एसियाली खेलकूद प्रतियोगितामा हासिल नतिजा यस क्षेत्रको प्रगतिको ज्वलन्त नमूना बनेको छ,’ उनले भने ।

गृहमन्त्री थापाले खेलकूद स्वास्थ्य, अनुशासन, सद्भाव वृद्धिका लागि महत्त्वपूर्ण रहेकोे र खेलकूदलाई व्यावसायिक बनाउन सकिएमा यही माध्यमबाट विकास र समृद्धिको अभियान शुरू गर्न सकिने उल्लेख गरे ।

मन्त्री थापाले १८ वर्षअघि आफू तत्कालीन फापरबारी गाविस रहेको बाग्मतीमा आएको र शनिवार १८ वर्षपछि आउँदा विकास र रहन सहनमा थुप्रै परिवर्तन पाएको बताए । गृह मन्त्रालयले बाग्मतीमा इलाका प्रशासन कार्यालय स्थापनाको पहल गरिरहेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्