१८ असार २०८३, बिहीबार

पूर्व मन्त्री जनार्दन शर्माको दाबी : कर्मचारी अभावले कर्णालीको विकास भएन

फागुन ३, २०७६
पूर्व मन्त्री जनार्दन शर्माको दाबी : कर्मचारी अभावले कर्णालीको विकास भएन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले न्यायिक समानता विना स्वतन्त्रताको अर्थ नहुने बताएका छन् ।

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको संयोजनमा शनिवार आयोजित पत्रकार आचारसंहिता एवं श्रमजीवी पत्रकार र सञ्चारमाध्यम विषयक ‘प्रदेशस्तरीय कार्याशाला’लाई सम्बोधन गर्दै उनले स्वतन्त्रता न्याय र समानतामा आधारित हुनुपर्नेमा जोड दिए ।

‘समाचार व्यक्त हुने भाँडोको मालिक अर्कै छ,’ इन्चार्ज शर्माले भने, ‘शोषण हुने ठाउँमा स्वतन्त्रता हुन्छ र ? निष्पक्ष लेखाई र पेशाबाट मर्यादा कायम हुँदा स्वतन्त्रता मिल्छ ।’ पत्रकारको लाइन नै राष्ट्र हुनुपर्ने भन्दै उनले विकास, समृद्धि र सुशासनमा आधारित तथ्यगत समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।

पूर्व गृहमन्त्री शर्माले समाजको चरित्रले संस्कृतिको निर्माण गर्ने हुँदा असल संस्कृति निर्माणमा सञ्चारकर्मीको भूमिका अहं हुने बताए । उनले भने, ‘अहिले कर्णाली प्रदेश सरकारलाई अवकाश हुन ३ महिना बाँकी सचिव संघीय सरकारले पठाउँछ । कर्मचारीको अभावले यहाँको अपेक्षित विकास हुन सकेको छैन ।’

कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले पत्रकार जगत समाज रुपान्तरणको अभिन्न अंग भएको बताए । उनले भने, ‘सूचना तथा सञ्चार प्रविधियुक्त प्रदेश बनाउन कर्णाली प्रदेश लागिरहेको छ । यसलाई डिजिटल ग्राम बनाउने सपना हामीले देखेका छौं ।’ 

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकार आचारसंहित र श्रमजीवी पत्रकार समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्मा, प्रेस काउन्सिल नेपाल सदस्य ईश्वरी ओझा, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा लगायतले प्रेसलाई मर्यादित र सम्मानित जगतका रुपमा विकास गर्दै लैजानु आजको आवश्यकता रहेकोप्रति जोड दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्