
वागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता डोरमणि पौडेलले सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्नुपर्ने बताएका छन् ।
आइतवार डिल्लीबजारस्थित विजय स्मारक माध्यविक विद्यालयको ६४ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएकाले सुधार गर्नुपर्ने बताएका हुन् ।
मुख्यमन्त्री पौडेलले भने, 'सामुदायिक विद्यालयको गुणस्तर खस्किएको छ। देशको समृद्धिको आधार शिक्षा नै हो। त्यसैले शिक्षाको गुणस्तर सुधार गरौं ।'
मुख्यमन्त्री पौडेलले विद्याल भित्र बनेको दुई तले भवन र विजय बाटीकाको समउद्घाटन समेत गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानध्यापक डिल्लीप्रसाद ढकालले विद्यालयको अवस्थाको बारेमा जानकारी दिदै विद्यालयको शैक्षिकस्तरमा समेत बढोत्तरी गर्दै ल्यौजाने प्रतिबद्धता जानाएका थिए ।
बिहानी तथा दिवा सेवामा पढनपाठन गर्दै आएको विजय स्मारक माविमा हाल ७ सय २४ जनाभन्दाबढी विद्यार्थी अध्यानरत छन्।