१० साउन २०८३, आइतबार

महरा छुट्दा राष्ट्रिय झण्डाले स्वागत, एमसीसीविरुद्ध नाराबाजी

फागुन ५, २०७६
महरा छुट्दा राष्ट्रिय झण्डाले स्वागत, एमसीसीविरुद्ध नाराबाजी

बलात्कार प्रयासको मुद्दाका काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएलगत्तै पूर्व सभामुख कृष्णबहादुर महरा जेलमुक्त भएका छन् ।

डिल्लीबजार कारागारबाट सोमवार अपराह्न महरालाई रिहा गरिएको हो । अदालतको पत्र पुगेपछि उनलाई अपराह्न सवा ४ बजे रिहा गरिएको थियो ।

महरा कारागारबाट बाहिरिने क्रममा उनका शुभचिन्तक र नेकपा कार्यकर्ताले फूलमालासहित स्वागत गरेका थिए ।

महराको स्वागतमा उपस्थित भएकाहरूले राष्ट्रिय झण्डा समेत बोकेका थिए ।

त्यसक्रममा समर्थकहरूले ‘एमसीसी मुर्दावाद !’ भन्दै नाराबाजी समेत गरे ।

महरा सभामुख छँदा एमसीसी संसद्‍मा अगाडि बढ्न पाएको थिएन ।

कारागारबाट बाहिरिने क्रममा पनि महराले कुनै प्रतिक्रिया दिएनन् । उनले पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्ने उनका सहयोगीले बताएका छन् ।

कारागारभित्रै संक्षिप्त बोलेका महराले कारागार व्यवस्थापनसहित सबैलाई धन्यवाद दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्