१० साउन २०८३, आइतबार

९ करोडको लागतमा नेपालगन्जमा डेरी उद्योग

फागुन ५, २०७६
९ करोडको लागतमा नेपालगन्जमा डेरी उद्योग

नेपालगञ्जको वडा नम्बर २२ मा ९ करोडको लागतमा एसके डेरी उद्योग स्थापना गरिएको छ। 

प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सोमबार डेरी उद्योगको उद्घाटन गर्दै प्रदेश सरकारले कृषि उत्पादनलाई उच्च प्राथमिकतामा राखेको बताए। उनले कृषिलाई आधुनिकीकरण गरी पूर्णरुपमा व्यावसायिक बनाउन प्रदेश सरकारले कृषि अनुदान कार्यक्रमअघि सारेको बताए।

प्रदेश कृषिमन्त्री आरती पौडेलले प्रदेश मातहतमा जिल्लाको समानुपातिक विकासका लागि प्रदेश सरकार लागिपरेको बताइन्।  बाँकेको व्यावसायिक क्षेत्रमा सक्रिय सरोज पाण्डेले सो डेरी उद्योग खोलेका हुन्। डेरी उद्योगबाट दैनिक १५ हजार लिटर दूध प्रशोधन गरेर बिक्री वितरण गरिने उद्योगका सञ्चालक पाण्डेले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्