
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन डिभिजन प्रमुख (सिनियर डिभिजनल ईन्जिनियर) जितेन्द्र कुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले चौधरीविरुद्ध ३ करोड ९९ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लगाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो।
बिगोअनुसार जरिवाना र २ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।
अख्तियारले अवैध रुपमा आर्जन गरेको सम्पत्ति जफत प्रयोजनका लागि चौधरीकी श्रीमती किरण चौधरी र छोरा अभिषेक चौधरीलाई समेत प्रतिवादी बनाएको छ ।