राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त कानुन,न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पद तथा गोपनीयताको शपथग्रहण गरेकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा सोमवार आयोजित समारोहमा डा. तुम्बाहाङ्फेले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको शपथ लिएकी हुन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा उनलाई सोमवार नै सो पदमा नियुक्त गरेकी थिइन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएको सो मन्त्रालयको कार्यभार मन्त्री डा.तुम्बाहाङ्फेल प्राप्त गरेकी हुन् । गोरखापत्र दैनिकमा खबर छ ।