२२ जेठ २०८३, शुक्रबार

चीनमा पहिलोपटक कोरोनाभाइरसका रोगीको शवपरीक्षण

फागुन ६, २०७६
चीनमा पहिलोपटक कोरोनाभाइरसका रोगीको शवपरीक्षण

चीनले कोभिड–१९ कोरोनाभाइरसबाट मारिएका रोगीहरूको शवपरीक्षण शुरू गरेको छ । वुहानमा पहिलोपटक संक्रमण देखिएको सात हप्तापछि अनि भाइरसबाट मानिस मरेको पाँच हप्तापछि शवपरीक्षण शुरू गरिएको हो । 

शवपरीक्षणमा ढिलाइका लागि सरकारी ढिलासुस्ती जिम्मवार रहेको भनी एक अग्रणी चिकित्सकले आरोप लगाएको खबर आएपछि अहिले शवपरीक्षण गरिएको हो । शवपरीक्षणपछि चिकित्सक र वैज्ञानिकहरूलाई रोग बुझ्न थप सहायता पुग्नेछ । 

वुहानमा सोमवार दुईवटा शवको परीक्षण गरिएको हो । त्यसको परिणाम थप परीक्षणका लागि पठाइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनायो । 

चीनमा कोरोनाभाइरसबाट भएको पहिलो मृत्यु जनवरी ११ मा भएको थियो । त्यसको चार दिनपछि अर्को रोगीको मृत्यु भएको थियो ।

प्याथोलोजिस्ट लिउ लियाङले दुवै रोगीलाई हेरेका थिए र उनैले गत साता सरकारी ढिलासुस्तीका कारण अटोप्सी गर्न नपाइएको भनेका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्