०४ असार २०८३, बिहीबार

काठमाडौंको आकाशमा एक्कासि किन देखिए यति धेरै हेलिकप्टर

काठमाडौंको आकाशमा एक्कासि किन देखिए यति धेरै हेलिकप्टर

काठमाडौं उपत्यकाको आकाशमा मंगलवार दिउँसो एक्कासि धेरै हेलिकप्टर देखिएका छन् ।

नेपाली सेनाले शुक्रवार सेना दिवस तथा महाशिवरात्रिको अवसरमा गर्ने प्रदर्शनको पूर्वाभ्यासका क्रममा हेलिकप्टर उडाइएको हो ।

नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाको नेतृत्वमा शिवरात्रिमा हुने सबै प्रकारका प्रदर्शन र देखाइने कवाजहरूको आज अन्तिम पूर्वाभ्यास गरिरहेको सैनिक जनसम्पर्क निर्देशनालयले  जनाएको छ ।

निर्देशनालयका अनुसार शिवरात्रि तथा सेना दिवसका अवसरका देखाइने कवाज, हेलिकप्टर तथा विभिन्न प्रकारका संस्कृतिका झाँकीहरूको पूर्वाभ्यास गरिरहेको छ ।

राष्ट्रपति सवारी, प्रधानमन्त्री सवारीलगायत भीभीआईपी सवारीको पनि पूर्वाभ्यास गरिएको सेनाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्