२४ जेठ २०८३, आइतबार

भिडियोमार्फत नै सरकारलाई कांग्रेसको काउन्टर, डकुमेन्ट्री बनाएर देखायो १३ असफलता

भिडियोमार्फत नै सरकारलाई कांग्रेसको काउन्टर, डकुमेन्ट्री बनाएर देखायो १३ असफलता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको दुई वर्षे कार्यकालमाथि संक्षिप्त भिडियो टिप्पणी गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले आम निर्वाचनताका तत्कालीन वाम गठबन्धनले जारी गरेको चुनावी घोषणापत्र अनुसार काम हुन नसकेको भन्दै भिडियो सन्देश जारी गरेका हुन् ।

शर्माले जारी गरेको भिडियो सन्देशमा भूमिसम्बन्धी समस्या समाधान नभएको, देश अझै पनि तुइनमुक्त नभएको, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा नआएको, सबै तहमा ब्रोडब्याण्ड इन्टरनेट नपुगेको, मूल्यवृद्धि नियन्त्रण नभएको र भ्रष्टाचार झन् मौलाउँदै गएको उल्लेख गरिएको छ ।

बरू सरकार राष्ट्रियताको प्रश्नमा कामचलाउ, लोकतन्त्रको प्रश्नमा अधिनायकवाद उन्मुख, संघीयताको प्रश्नमा हस्तक्षेपकारी, समृद्धिको प्रश्नमा अलमल, बजार भाउका अघिल्तिर अलमल देखिएको शर्माले भिडियो सन्देशमा उल्लेख गरेका छन् ।

शर्माले भनेका छन्, 'कमरेडहरूले कुरा त निकै नै गर्नुभएको रहेछ घोषणापत्रमा, तर काम कति गर्नुभएको रहेछ त्यो पनि हेर्यौं । न आलोचना, न कुनै थप टिप्पणी, बाँकी जिम्मा जनताको ।'

हेर्नुहोस् भिडियो टिप्पणी -

salt training

कमेन्ट गर्नुहोस्