
विस्फोटक पदार्थसहित प्रहरीले नेत्रविक्रम चन्द समूहका ५ जना कार्यकर्तालाई संखुवासभाको चैनपुर नगरपालिका–१ गुफापोखरीबाट मंगलवार पक्राउ गरेको छ ।
सो समूहका जिल्ला सदस्य चैनपुर–४ दोभानेका ‘अग्नि’ भन्ने सन्तोष तामाङसहित ५ जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
शंकास्पद रुपमा हिँडिरहेको देखेपछि प्रहरीले सोधपुछ गर्दा प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले १ राउन्ड हवाई फायर गरेर उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले रेडबुल बम एक, सकेट बम एक थान, विस्फोटनमा प्रयोग हुने सेफ्टी फ्युज तथा तार लगायत मोबाइल तथा विभिन्न कागजात बरामद गरेको बताइएको छ । पक्राउ परेका अन्य ४ जनाको नाम भने प्रहरीले खुलाएको छैन ।
माघ २ गते पक्राउ परेका उनीहरूलाई प्रहरीले माघ ६ गते मात्र सार्वजनिक गरेको छ ।