१२ असार २०८३, शुक्रबार

विहेको पहिलो रात बारे सोधेर हैरान पारेः बान्द्रे

कात्तिक २०, २०७४
विहेको पहिलो रात बारे सोधेर हैरान पारेः बान्द्रे
काठमाडौं, ६ पुस – पहिलोपटक स्कूलमा देखेपछि ‘लभ’मा परेका सुरज चापागार्इं ‘बान्द्रे’ र काठमाडौं चण्डोलकी उषा तिम्सिना विवाह बन्धनमा बाँधिएको दुई साता कट्न पाएको छैन ।

तर पछिल्ला केही दिनयता ‘बान्द्रे’ र उनकी श्रीमती मिडियामा अन्तर्वार्ताका लागि यति व्यस्त भएका छन् कि हनिमून मनाउन जान समेत पाएका छैनन् ।

स्कूल पढाउँदै आएकी उषा र बान्द्रे करीब एक वर्ष प्रेममा परे । उषाजीको के कुरामा आकर्षित हुनुभयो भन्ने लोकान्तरको प्रश्नमा बान्द्रे भन्छन्, ‘उनी स्कूलको एक कार्यक्रममा हातमा लठ्ठी लिएर यताउति गरिरहेकी थिइन्, उनी नेतृत्व क्षमता भएकी जस्तो लाग्यो ।’ बीचमा कुरा काट्दै बान्द्रे पत्नी उषाले प्रश्न गरिन्, ‘राम्री पनि लाग्यो भन्नुस् न ! किन लजाको ?’
बान्द्रेले थपे, ‘हो, तर किन फुर्क्याउनु भनेर नि ।’


बान्द्रेले राम्री देखेपछि एकजना भाइलाई उषाको नम्बर मगाए र बेलुका घर गएर फोन गरिहाले । त्यसपछि शुरु भयो बान्द्रे र उषाको ‘लभ’ ।

विवाहमा करीब सात लाखको हाराहारीमा खर्च भएको बताउने बान्द्रेले धेरै जन्ती हुने भएकाले विवाहमा सबैलाई बोलाउन नपाइएको बताए ।

कुराकानीमा निकै खुलेर प्रस्तुत भएका बान्द्रे जोडीले आगामी जीवन खुशीका साथ बित्ने बताए । उषाले भनिन्, ‘उहाँ हँसाइरहनुहुन्छ ।’ बीचमा कुरा काट्दै बान्द्रे भन्छन्, ‘तिमी पनि त रोमान्टिक छ्यौ नि ।’

सुहागरातबारे सोधिएको प्रश्नमा भने दुवैले मुखामुख गरे । पछि मुख खोले बान्द्रेले । अनि हाँस्दै भने, ‘सुहागरात सबैको हुने उस्तै हो, हैन र । उनले थपे, ‘जसले पनि सुहागरातका बारेमा सोधेर हैरान पारिसके हौ !’

करीब दुई वर्षदेखि हास्य टेलिसिरियलमा देखानपरेपनि बान्द्रे स्कूलहरूमा बालबालिका केन्द्रित कार्यक्रम गर्दै आएका थिए । उनले आगमी दिनमा कलाकारिताको क्षेत्रमै केही नयाँ गर्ने बताएपनि यही गर्ने भन्ने निश्चित नभएको बताए ।

श्रीमतीलाई पनि कलाकार बनाउने हो ? भन्ने प्रश्नमा बान्द्रेले भने, ‘उनले चाहिन् भने समस्या छैन ।’ तर उषाले चाहिँ पर्दामा देखिने भन्दा पनि पर्दापछाडि बसेर बान्द्रेको काममा सहयोग गर्ने बताइन् ।

सर्वसाधारणलाई हसाउँदै आएका बान्द्रेलाई हसाउन भने साह्रै गाह्रो भएको उषाले बताइन् । केही भन्दा पनि हसाउन नसकेकोमा उनलाई दुःख लाग्छ । तर बान्द्रेले उनले चाँडै त्यो कला पनि सिक्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्