०२ साउन २०८३, शनिबार

अस्वस्थ महशुस गरेपछि प्रधानमन्त्री ओली अस्पतालमा

अस्वस्थ महशुस गरेपछि प्रधानमन्त्री ओली अस्पतालमा
file photo

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्यजाँचका लागि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि मंगलवार साँझ उनी अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

मृगौलामा समस्या देखिएपछि नियमित डायलासिस गर्दै आएका प्रधानमन्त्री ओलीले मंगलवार साँझ केही असहज महशुस गरेका थिए ।

'सामान्य स्वास्थ्य चेकअपका लागि जानुभएको हो, आजै फर्किने सम्भावना छ,' बालुवाटार स्रोतले बतायो ।

salt training

कमेन्ट गर्नुहोस्