
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले युगमा आएको परिवर्तनलाई आत्मसात् गर्दै नवप्रवर्तन र अनुसन्धान केन्द्रित शिक्षा दिन विश्वविद्यालयलाई आग्रह गरेका छन्।
बानेश्वर बहुमुखी क्याम्पसको २९ औँ वार्षिकोत्सवमा मन्त्री पोखरेलले विगतको ज्ञान हस्तान्तरण गर्ने विश्वविद्यालय शिक्षाबाट माथि उठेर विश्वविद्यालयले अब नयाँ ज्ञान निर्माणमा जोड दिनुपर्ने बताए।
मन्त्री पोखरेलले विश्वविद्यालयले राष्ट्र हाक्न सक्ने जनशक्ति उत्पादन गरे समृद्धिको यात्रा सफल हुने र कामको संसारसँग पढाइको संसार मेल खानुपर्नेमा जोड दिँदै शिक्षाको राष्ट्रिय नीति ल्याइएको जनाए। कार्यक्रममा विभिन्न विद्यार्थी नेताले पनि समयसापेक्ष उच्च शिक्षाको आवश्यकतामा जोड दिएका थिए।