भारतको तमिलनाडुको तिरुपुर जिल्लामा केरल राज्य परिवहनको बस र एक ट्रक ठोकिँदा २० जनाको मृत्युृ भएको छ ।
दुर्घटना बिहीवार बिहान अविनाशी बस्ती नजिक भएको हो । यात्रुबसबाट शवहरू निकालेर तिरुपुर जिल्ला अस्पताल लगिएको छ ।
बस बेंगलुरुबाट तिरुवनन्तपुरम गइरहेको थियो ।
अविनाशीका डेपुटी तहसीलदारले मर्नेहरूमा १४ पुरुष र ६ महिला छन् ।
भयंकर दुर्घटनामा बसको अघिल्लो भागलाई ट्रकले पूरै किचेको छ । दुर्घटनास्थलमा क्रेनबाट ट्रक र बसलाई छुट्ट्याइएको छ । घटनास्थलमा प्रहरी खटिएको छ ।
प्रहरीका अनुसार, बस बेंगलुरुबाट तिरुवनन्तपुरम गइरहेको थियो अनि कन्टेनर लरी कोयम्बटूर–सलेम राजमार्गमा विपरीत दिशाबाट आइरहेको थियो । बिहान साढे ४ बजे बस र ट्रक सीधै ठोकिएका हुन् ।
बसमा कुल ४८ यात्री थिए । तीमध्ये १९ जनाको घटनास्थलमै मृत्यु भयो भने एकजनाको अस्पताल लग्दै गर्दा मृत्यु भयो । अन्य यात्रु घाइते छन् ।