पोखराकी ममता गुरुङ नेपाल आइडल सिजन ३ बाट बाहिरिएकी छन्।
नेपाल आइडलको जारी तेस्रो संस्करणमा उत्कृष्ट ९ सम्म पुगेकी ममता याे साताको शृंखलाबाट बाहिरिएकी हुन्। उनी पोखरा अडिसनबाट नेपाल आइडलमा आएकी थिइन्।
बटम ३ मा ममतासँगै मेघा र मुस्कान पनि परेका थिए। तर, ममताको भोट उनीहरुभन्दा कम भएपछि बाहिरिएकी हुन्।
ममताले बाहिरिँदै गर्दा ‘यति राम्रो प्लटफर्म दिनुभयो, म यहाँसम्म आउनु नै ठूलो कुरा हो..’ भन्दै आँसु झारेकी थिइन्।
यो साता रचना रिमालले सबैभन्दा धेरै भोट पाएकी छिन्। नेपाल आइडलमा भोट संख्या भने खुलाइदैन।
नेपाल आइडलमा अब ८ जना प्रतिस्पर्धी बाँकी छन्।