०९ साउन २०८३, शनिबार

प्यारासाइटले अस्कर जितेकोमा ट्रम्प असन्तुष्ट

फागुन ९, २०७६
प्यारासाइटले अस्कर जितेकोमा ट्रम्प असन्तुष्ट

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यस वर्षको सर्वोत्कृष्ट फिल्मको अस्कर पुरस्कार प्यारासाइटले जितेकोमा असन्तुष्टि जनाएका छन् । बिहीवार कोलोराडोमा भाषण गर्ने क्रममा उनले दक्षिण कोरियाली फिल्मले अस्कर जितेकोमा असन्तुष्टि जनाएका हुन् ।

‘यो वर्ष एकेडमी अवार्ड्स कति खराब थिए, देख्नुभो नि ? अनि विजेता पनि दक्षिण कोरियाको फिल्मलाई बनाइयो,’ ट्रम्पले भाषणका क्रममा भने ।

‘के गरेको होला ? दक्षिण कोरियासँग हाम्रो व्यापारका विषयमा समस्या छन् र त्यस्तो बेलामा पनि उनीहरू कोरियालीलाई सर्वोत्कृष्ट फिल्मको पुरस्कार दिन्छन्,’ उनले भने । 

अस्कर अवार्ड जित्ने विदेशी भाषाको पहिलो फिल्म प्यारासाइट भएको छ । फिल्मले सर्वोत्कृष्ट निर्देशक र ओरिजिनल स्क्रीनप्ले अवार्ड पनि जितेको छ । 

तर ट्रम्पले यसमा चित्त बुझाएनन् । उनी ७० वर्षअघि बनेका अमेरिकी फिल्महरूमा बढी रुचि राख्छन् । 

उनले गन विथ द विन्ड र सनसेट बूलेभार्ड जस्ता फिल्मको नाम लिए । 

प्यारासाइट राम्रो भए नभएको आफूलाई थाहा नभएको ट्रम्पले बताए । 

प्यारासाइट फिल्मको अमेरिकी वितरक नियोनले ट्रम्पको आलोचनालाई ट्विटरलाई प्रतिक्रिया दियो । 

‘आलोचना बुझ्न सकिन्छ, उनलाई लेखपढ गर्न आउँदैन,’ कम्पनीले लेख्यो ।

सीएनएनबाट
 

salt training

कमेन्ट गर्नुहोस्