१० साउन २०८३, आइतबार

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

साउन ९, २०८३
बुटवल
‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ घर भई हाल ओमसतिया–४ स्थित बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेशप्रताप राणालाई प्रहरीले पक्राउ गरेको हो ।

भैरहवास्थित बजारमा ‘म जिल्ला प्रहरी कार्यालय रूपन्देहीको घुमुवा हुँ’ भन्दै पेस्तोल देखाई बजारमा १० हजार पैसा मागिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले राणालाई नियन्त्रणमा लिएको लिएको हो ।

खानतलासी गर्दा उनले कोठामा लुकाई छिपाई राखेको नक्कली रिभल्वर थान–१, सवारी चालक अनुमतिपत्र थान–१, लागुऔषध गाँजासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्