२८ जेठ २०८३, बिहीबार

चितुवाले गर्‍यो मृगको शिकार (फोटो फीचर)

फागुन ९, २०७६
चितुवाले गर्‍यो मृगको शिकार (फोटो फीचर)

केन्याको मासई मारा राष्ट्रिय आरक्षमा एक चितुवाले मृगको शिकार गरेको अद्भुत तस्वीरहरू सार्वजनिक भएका छन् । 

खतरनाक चितुवाले टोपी भनिने तीव्र गतिको मृगको पछाडिपट्टि उफ्रेर नंग्रा गाडेर लडाएको थियो । त्यसपछि अन्य चितुवाहरू त्यसलाई खान आइपुगेका थिए । 

नेदरल्यान्ड्सका फोटोग्राफर डिक भ्यान दुइनले शिकारको तस्वीर खिचेका हुन् । 

‘हामीहरूले अग्ला घाँसमा चितुवाहरू हिँडिरहेको देख्यौं अनि अलि पर टोपी देख्यौं,’ ३४ वर्षीय फोटोग्राफरले भने । 

‘अग्लो घाँसका कारण टोपीले चितुवाहरूलाई देखेन । चितुवाहरूले टोपीलाई लखेटेको दृश्य निकै तनावपूर्ण थियो । चितुवाहरू कति छिटो कुद्छन् भन्ने देख्दा विश्वासै लागेन ।’

चितुवाहरू सबभन्दा तीव्र गतिमा दौडिनसक्ने जनावर हुन् र उनीहरूको दृष्टि पनि निकै मजबूत हुन्छ । उनीहरू जम्मा तीन सेकेन्डमा ६० माइल प्रतिघन्टाको गतिमा दौडिन थाल्छन् । त्यसो त टोपीहरू पनि ५० माइल प्रतिघन्टाको गतिमा दौडिन्छन् तर चितुवाबाट भाग्न उनीहरूलाई मुश्किलै पर्छ ।

salt training

कमेन्ट गर्नुहोस्