२४ जेठ २०८३, आइतबार

डाक्टरको कुर्सीमा बसेर मानसिक रोगीले गरे ‘उपचार’

फागुन ९, २०७६
डाक्टरको कुर्सीमा बसेर मानसिक रोगीले गरे ‘उपचार’

भारतको मध्य प्रदेशस्थित छतरपुर जिल्लामा एक मानसिक रोगीले डाक्टरको कुर्सीमा बसेर रोगीहरूलाई औषधि सिफारिश गरेका छन् । 

जिल्ला अस्पतालमा ती मानसिक रोगीले डाक्टरको च्याम्बरमा बसेर अनेकौं मानिसको उपचार गरे । डाक्टर हो भन्ठानेर रोगीहरू आए र उनले चेक गर्दै औषधि लेखिदिए । उनले १२ भन्दा बढी मानिसको स्वास्थ्य परीक्षण गरेर औषधि सिफारिश गरेको पाइयो । 

अस्पतालको ओपीडीमा भीडभाड हुँदा सबै डाक्टर रोगी हेर्न व्यस्त थिए । त्यतिखेर च्याम्बर नम्बर २० मा रोगीहरूको लाइन लाग्यो । त्यहाँको सीटमा बस्ने डा हिमांशु बाथम सीटमा थिएनन् । मानिसहरूले भित्र एकजना बसेर रोगी हेरिरहेको र औषधि दिइरहेको देखे । 

हेर्दाहेर्दै उनले १२ भन्दा बढी मानिसलाई औषधि लेखे । 

सरकारी औषधि पसलमा रातो पेनले लेखेको औषधि सिफारिश आउन थालेपछि पसलेलाई शंका लाग्यो । त्यसपछि उनले अस्पतालभित्र गएर हेर्ने निर्णय लिए । 

उनले औषधि लेख्ने डाक्टरको च्याम्बर गएर हेर्दा मानसिक रोगीले उपचार गरिरहेको देखे । अस्पताल व्यवस्थापनले पनि यो कुरा थाहा पायो र हंगामा मच्चियो । 

अनि अस्पतालका स्टाफहरूले मानसिक रोगीलाइृ च्याम्बर बाहिर निकाले र अलर्ट जारी गरे । 

रमाइलो कुरा त, उसलाई किन यसो गरेको भनी सोध्दा उसले रोगीहरू चिन्तित थिए अनि डाक्टर उपलब्ध थिएनन् त्यसैले म आफैंले उपचार गरें भने । उनले आफूलाई एम्सको चिकित्सक भएको बताउँदै रोगीको शतप्रतिशत ग्यारेन्टी लिने बताए । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । लापरवाही गर्नेमाथि कारवाही गर्ने जिला कलेक्टरले बताए ।

salt training

कमेन्ट गर्नुहोस्