०२ असार २०८३, मंगलबार

घाइते भएकी महिला फुटबल टोलीकी सदस्य विमलाको शल्यक्रिया गरियो

जेठ २४, २०८३
काठमाडौं
घाइते भएकी महिला फुटबल टोलीकी सदस्य विमलाको शल्यक्रिया गरियो

साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य विमला विकको नाकको हड्डीको शल्यक्रिया सम्पन्न भएको छ ।

भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरु रङ्गशालामा भएको सेमिफाइनल खेलमा दुई नेपाली खेलाडी ठोक्किँदा विमलाको नाकको हड्डी भाँच्चिएको थियो । सेमिफाइनलमा विमला र नेपालकै अर्की खेलाडी समीक्षा घिमिरे एकापसमा ठोक्किन पुगेका थिए ।

 उनको आज गोवास्थित मणिपाल अस्पतालमा शल्यक्रिया गरिएको एन्फा प्रवक्ता तथा टोलीका व्यवस्थापक सुरेश शाहले बताए । उनले उपचारका लागि करिब थप एक साता गोवामै बस्नुपर्ने बताए ।

साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा बङ्गलादेशसँग नेपाल २–१ गोलअन्तरले पारजित भएको थियो । साफ च्याम्पियनसिपमा नेपाल १० वर्षपछि सेमिफाइनलमा पुग्नबाट वञ्चित बनेको हो । त्यसअघि सन् २०१६ मा नेपाल भारतसँग पराजित हँुदै सेमिफाइनलबाट बाहिरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्