०२ असार २०८३, मंगलबार

हुम्लामा पनि हिमपात

हुम्लामा पनि हिमपात
फाइल फोटो

उच्च हिमाली जिल्ला हुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । पुस र माघ दुई महिना लगातार परेको हिमपात फेरि आजदेखि हुन थालेको छ ।

जिल्लाको सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकामा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा पानी परिरहेको सर्केगाड गाउँपालिका–२ रिप गाउँका कालीबहादुर महतराले बताए ।

बिहीबार रातिदेखि जिल्लामा मौसम फेरबदल भएसँगै शुक्रबार बिहानदेखि हिमपात हुन थालेको हो । बिहानदेखि हिमपात हुँदा चिसो एक्कासि बढेको स्थानीयवासी महेन्द्र बोहराले बताए ।

हिमपातका कारण नेपालगञ्ज, सुर्खेतबाट नियमित उडान उडानसमेत प्रभावित बनेको छ । नेपालगञ्ज, सुर्खेतबाट सीता, समिट, तारा एयरलाइन्सले यात्रु र व्यापारीको जडीबुटी ओसार्दै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्