
दार्चुलाको महाकाली नगरपालिका–१ की एक सुत्केरीको हवाई उद्धार गरिएको छ ।
जिल्ला अस्पतालमा सुत्केरी भएकी ३२ वर्षीया कौसिला धामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
सुत्केरी हुने सामान्य समय अगावै धामीले बच्चा जन्माएकी हुन् । ६ महिनामै बच्चाको जन्म दिएपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ ।
प्रजिअ यदुनाथ पौडेलको विशेष पहलमा सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिलाको उद्धार गरिएको हो ।
दोस्रो सन्तानका रुपमा धामीले बच्चा पाएकी बताइएको छ । धामी महिला तथा बालबालिका कार्यालय नौगाडमा कार्यरत छिन् ।