११ साउन २०८३, सोमबार

ट्रम्पसँग मिलेर यस्तो भूराजनीतिक योजना बनाउँदैछन् मोदी, भव्य स्वागत रणनीतिक कदम

फागुन १२, २०७६
ट्रम्पसँग मिलेर यस्तो भूराजनीतिक योजना बनाउँदैछन् मोदी, भव्य स्वागत रणनीतिक कदम

भारतमा विपक्षी दलहरूले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको भव्य स्वागतमा भारत सरकारले १०० करोड भारु खर्च गरेकोमा गम्भीर प्रश्न उठाएका छन् । 

तर विशेषज्ञहरूले भारत र अमेरिका एक वैश्विक योजनामा काम गरिरहेको र १०० करोड भारु खर्च उपलब्धिमूलक भएको बताइरहेका छन् । 

अन्तर्राष्ट्रिय मामिलाका विज्ञ कमर आगाले भने, ‘कुनै पनि विदेशी राष्ट्रप्रमुखको स्वागत गर्दा पैसा बर्बाद भएको मान्नुहुँदैन । ट्रम्प संसारको सबभन्दा शक्तिशाली मुलुकका राष्ट्रपति हुन् । उनी भारत यात्रामा आउनु भनेको दुई देशबीच सम्बन्ध प्रगाढ भएको संकेत हो । दुई हजार अमेरिकी कम्पनीहरू भारतमा काम गरिरहेका छन् । भारतका पनि २०० कम्पनीहरू अमेरिकामा काम गरिरहेका छन् । भारत र अमेरिकाबीच १४२ अर्ब डलरको व्यापार हुने गरेको छ । त्यो व्यापार पनि भारतको पक्षमा छ ।’

अमेरिकासँग व्यापार सम्झौता नभएको विषयमा आगाले भने, ‘भारत र अमेरिकाबीच केही विषयमा सधैं मतभेद रहनेछन् । व्यापार सम्झौता नभएपनि केही कुरामा दुई देशबीच सधैं सहमति रहनेछ । आतंकवादनिरोधी अभियानमा भारत र अमेरिकाले ठूलो सहयोग आदानप्रदान गर्नेछन् । अनि अमेरिका र तालिबानबीच अफगानिस्तानका विषयमा ठूलो सम्झौता हुन लाग्दैछ । भारतलाई अफगानिस्तानको विषयमा चिन्ता छ । पाकिस्तान समर्थक तालिबानी आतंकवादी शान्ति सम्झौतापछि कश्मीरतिर आउलान् भनी भारत चिन्तित छ ।’

सूत्रहरूका अनुसार, अमेरिकाले भारतलाई अफगानिस्तानमा शान्तिसेना पठाउन दबाब दिइरहेको छ । तर भारत अमेरिकी दबाबमा पर्न नहुने आगाको भनाइ छ । सोभियत संघ र अमेरिकाले अफगानिस्तानमा भनेबमोजिमको काम गर्न नसकेको स्थितिमा भारत त्यसमा फस्न नहुने उनले बताए । 

उनले भने, ‘विश्वको नक्शामा अफगानिस्तान सामरिक रूपमा महत्त्वपूर्ण स्थानमा छ । अमेरिकाका लागि त्यो सधैं महत्त्वपूर्ण रहिरहनेछ । अमेरिकाले तालिबानसँग युद्ध नभई उसबाट सहायताको अपेक्षा गरिरहेको छ । खासमा अमेरिकाको उद्देश्य इरान र मध्य एसियामा प्रभाव जमाउन चाहेको छ । अमेरिका तालिबानको सहायताले इरानमाथि नियन्त्रण गर्न चाहन्छ । मध्य एसियाली देशहरू तुर्कमेनिस्तान, किर्गिजस्तान लगायतबाट ठूलो ग्यास पाइपलाइन अफगानिस्तान हुँदै अरब सागरसम्म ल्याउने अमेरिकाको योजना छ । ग्यास पाइपलाइनको सहायताले मध्य एसियाली देशहरूमा चीन र रुसको प्रभाव अन्त्य गर्ने अमेरिकाको योजना हो ।’

त्यसैले इरान र मध्य एसियामाथि प्रभावका लागि अमेरिकाले भारतको सहायता खोजिरहेको आगाको भनाइ छ । भारतीय जलसेनाले पश्चिम एसियादेखि दक्षिण पूर्वी एसियासम्मको सुरक्षाको जिम्मेवारी लिए हुन्थ्यो भन्ने अमेरिकाको चाहना छ । त्यसैले ट्रम्प भारतलाई अत्याधुनिक हेलिकप्टर बेच्न खोजिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्