१२ साउन २०८३, मंगलबार

भन्सार छलीको ३२ बोरा चिनी बरामद

साउन ११, २०८३
झापा
भन्सार छलीको ३२ बोरा चिनी बरामद

भारतबाट भन्सार छली नेपाल ल्याउँदै गरेको ३२ बोरा चिनी र ढुवानीमा प्रयोग गरिएका सवारीसाधन झापाको अर्जुनधाराबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्जुनधारा नगरपालिका-११ कालीझोडास्थित सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोलीले उक्त अवैध सामग्री बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीका अनुसार बरामद गरिएको चिनी एक लाख १२ हजार बराबर छ ।

उनका अनुसार प्र १-०१-००१च ४०३८ नम्बरको पिकअप गाडी र मे १० प ५७४५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।

बरामद गरिएका सवारीसाधन तथा चिनीलाई आवश्यक कारबाहीका लागि आज भन्सार कार्यालय काँकरभिट्टामा दाखिला गरिएको निमित्त गणपति रसाइलीले जानकारी दिए ।

साथै, सीमा क्षेत्रमा हुने अवैध चोरीनिकासी तथा पैठारीजन्य गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपालको सक्रियता र निगरानी निरन्तर जारी रहने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्