०२ साउन २०८३, शनिबार

सभामुखसँगको भेटमा कतारी राजदूत युसुफले भने –नेपाल भ्रमण वर्षलाई सघाउँछौं

फागुन १२, २०७६
सभामुखसँगको भेटमा कतारी राजदूत युसुफले भने –नेपाल भ्रमण वर्षलाई सघाउँछौं

नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले सभामुख अग्नि सापकोटासँग भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमवार भएको भेटमा २ देशबीचको सम्बन्ध र आपसी हितको विषयमा छलफल भएको थियो । 

राजदूत युसुफले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सक्दो सहयोग गर्ने बताए । सन् २०२२ मा कतारमा हुन गइरहेको विश्वकप फूटबल प्रतियोगिताका लागि रंगशाला निर्माणमा नेपालका कामदारले गरेको योगदानको उनले खुलेर प्रशंसा गरेको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले लोकान्तरलाई जानकारी दिए । 

भेटमा सभामुख सापकोटाले २ देशबीचको सम्बन्ध विस्तारका साथै कतारमा रहेका नेपाली कामदारको बारेमा चासो राखेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्