०३ साउन २०८३, आइतबार

ट्रम्पको भारत भ्रमण उनको चुनावी रणनीतिको एक अंग ?

फागुन १२, २०७६
ट्रम्पको भारत भ्रमण उनको चुनावी रणनीतिको एक अंग ?

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारतको अहमदाबादमा भव्य स्वागत पाएका छन् । 

आगामी नोभेम्बर महिनामा हुन लागेको राष्ट्रपति निर्वाचनमा ट्रम्पले भारतीय मूलका नागरिकहरूलाई लोभ्याउने कोशिश गरिरहेका छन् र त्यसैको रणनीतिअन्तर्गत उनी गुजरात पुगेका हुन् । 

अमेरिकामा गुजराती मूलका मानिसको संख्या ठूलो छ । त्यसैले अहमदाबादको मोटेरा स्टेडियममा आयोजित नमस्ते ट्रम्प कार्यक्रम मार्फत ट्रम्पले राजनीतिक फाइदा लिने कोशिश गरेका हुन् । 

हालै महाअभियोगबाट बचेका ट्रम्पको छविमा ठूलो धक्का लागेको छ । आफ्नो छविलाई थप राम्रो बनाउनका लागि उनको भारत भ्रमण महत्त्वपूर्ण मानिएको छ । 

अमेरिकामा लगभग साढे तीन लाख गुजराती मूलका मतदाता छन् र तिनलाई प्रभावित पारेमा ट्रम्पलाई निकै फाइदा पुग्छ । त्यसैले दुईदिने भ्रमणमा ट्रम्पले भारतसँग गहिरो नाता रहेको देखाएर भारतीय मूलका मतदाताको मन जित्ने कोशिश गरेका हुन् । 

अमेरिकाको चुनाव संसारकै सबभन्दा खर्चिलो चुनाव हो र गुजराती मूलका मतदाताहरूले ट्रम्पलाई नगदी सहयोग पनि गर्न सक्छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्