२३ असार २०८३, मंगलबार

फोनपेले घोषणा गर्‍यो दुबई ट्रिपका विजेता

फागुन १२, २०७६
फोनपेले घोषणा गर्‍यो दुबई ट्रिपका विजेता

नेपालको अग्रणी मोबाइल भुक्तानी नेटवर्क फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ ।

दुबई ट्रिपका लागी ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल विजेता बन्न सफल भए ।

विजेता गत बिहीवारको कल कान्तिपुरको लाइभ शोमा लक्की ड्रमार्फत घोषणा गरिएको थियो । दुबई ट्रिप जित्ने व्यक्तिले थप ३ जना व्यक्तिलाई पनि आफूसँग लैजान पाउनेछन् । विजेता २ जनवरीदेखि १ फेब्रुअरीसम्म क्युआरमार्फत भुक्तानी गर्ने ग्राहक र मर्चेन्ट मध्येबाट छानिएका हुन् ।

फोन पेले ग्राहक र मर्चेन्टका लागि नयाँ वर्ष २०२० को अवसरमा ६ महिनासम्म लागू हुने गरी ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजना उपहार योजना सञ्चालन गरिरहेको छ । विजेताहरू दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिने छ ।

दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । ५ वटा मर्चेनटले आकर्षक उपहार प्राप्त गर्नेछन् । हरेक हप्ता १ जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाइल फोन जित्न सक्नेछन् । यस उपहार योजनामा हरेक महिना १ जना ग्राहक र मर्चेन्टले दुबई ट्रिप जित्न सक्नेछन् । दुबई ट्रिप जित्ने ग्राहक र मर्चेन्टले अन्य थप तीनजनालाई पनि दुबर्ई ट्रिपमा लैजान पाउने छन् । 

उपहार योजना जुन अन्त्यसम्म सञ्चालन हुनेछ । उपहार योजनामा  कुल १८ सय १० जनाले शतप्रतिशत क्यास ब्याक पाउनेछन् । यसैगरी साप्ताहिक २ जनाका दरले ५० जना र प्रत्येक महिना २ जनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउनेछन् । 

फोन पेका हाल ९० हजारभन्दा धेरै मर्चेन्ट रहेका छन् भने नेपालभरका ५० भन्दा बैंक तथा वित्तीय संस्थाका ८० लाख मोबाइल बैंकिङ सदस्य रहेका छन् । फोन पेले सदस्य बैंक तथा वित्तिय संस्थामार्फत थप नेटवर्क विस्तार गर्दै लगिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्