०२ साउन २०८३, शनिबार

कोरोनाभाइरसबाट इरानको कोम शहरमा ५० जनाको मृत्यु

फागुन १२, २०७६
कोरोनाभाइरसबाट इरानको कोम शहरमा ५० जनाको मृत्यु

इरानको कोम शहरमा कोविड–१९ भनिने कोरोनाभाइरसमा ५० जनाको मृत्यु भएको इरानको अर्धसरकारी समाचार संस्था इल्नाले सोमवार लेखेको छ । 

केही घन्टा अघिसम्म पनि अधिकारीहरूले ४७ केसमा १२ जनाको मृत्यु भएको बताइरहँदा यो संख्या निकै बढी हो । 

कोमका एक अधिकारी अहमद अमिरियाबादी फराहानीले शहरमा २५० जनालाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए । कोम इरानमा तथा अन्य मुलुकमा रहेका शियाहरूको धार्मिक अध्ययन केन्द्र हो । 
कोरोनाभाइरस चीनमा शुरू भएको हो । इरानका केही भाग, इटली र दक्षिण कोरियामा भाइरस फैलिएपछि विश्वव्यापी चिन्ता व्यक्त गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्