३१ असार २०८३, बुधबार

‘तेस्रो लिङ्गी एचआइभीको जोखिममा’

फागुन १२, २०७६
‘तेस्रो लिङ्गी एचआइभीको जोखिममा’

तेस्रो लिङ्गीले आफूले उठाएको आवाज राज्यले सुनुवाइ नगरेको गुनासो गरेका छन् ।

वर्षाैदेखि अधिकार प्राप्तिको लडाइमा रहे पनि अहिलेसम्म न्याय नपाएको गुनासो गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा निलहिरा समाजले आज आयोजना गरेको कार्यक्रममा तेस्रो लिङ्गीले यस्तो बताएका हुन् ।

नीलहिरा समाजका सिमरन शेरचनले वर्षौसम्म अधिकार प्राप्तिको लागि लागेपनि सरकारले सुनुवाइ नगरेको बताए ।

'हाम्रो अधिकार प्राप्तिका लागि राजा रामको पालादेखि शुरुआत भए पनि कलियुगसम्म पनि न्याय पाउन सकेनौँ,' उनले भने, 'हाम्रो लगाइ २००१ बाटको हो ।'

शेरचनका अनुसार तेस्रो लिङ्गी समुदाय एचआइभीको जोखिममा रहेका बताए । संवैधानिक रुपमा समानता तथा सामाजिक सुरक्षाको अधिकारको व्यवस्था भए पनि व्यावहारिक रुपमा पाउन नसकेको उनले गुनासो गरे ।

'विवाह हामीले सोचेजस्तो हुँदैन, आफूले मन पराएको मान्छेसँग विवाह गर्न पाउदैनौँ,' उनले भने, 'विशेष गरेर सामाजिक रुपमा फरक तरिकाले हेर्ने गरिएको छ ।'

त्यसैगरी रोजगारको व्यवस्था नहुँदा आफूहरु अप्ठेरोमा परेका उनले बताए । 'हामी शारीरिक रुपमा महिला र पुरुषजस्तै भए पनि भावनात्मक र मानसिक रुपमा फरक हुन्छ,' शेरचनले भने, 'हाम्रो शारीरिक मानसिक र भावनात्मक रुपमा झुकाव फरक हुन्छ ।'

नीलहिरा समाजका अनुज पिटर राईले नागरिकता सहज रुपमा पाउन नसकेको गुनासो गरे । सरकारले अझैसम्म पनि नागरिकता तेस्रो लिङ्गीलाई लिनका लागि सकस बेहोर्नुपरेको बताए ।

उनले आफूलाई समाजले हास्य पात्रका रुपमा हेरिरहने भएकाले नमिठो अनुभव हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्