२४ असार २०८३, बुधबार

आठराईमा नेपाल बैंकको शाखा विस्तार, प्रधानमन्त्रीले गरे उदघाटन

फागुन १२, २०७६
आठराईमा नेपाल बैंकको शाखा विस्तार, प्रधानमन्त्रीले गरे उदघाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बैंक लिमिटेडको आठराई शाखाको उदघाटन गरेका छन्। 

प्रम ओलीले डिजिटल प्रविधिबाट अपरेटिङ्ग सिष्टम कनेक्ट गरी शाखाको उदघाटन गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले विज्ञप्तिमार्फत् जनाएका छन्।

 बैंकको १७७ औं शाखाको रुपमा पुनःस्थापित आठराई शाखाले यस भेगमा नै बैंकिङ्ग कारोबार मार्फत आर्थिक विकासमा मद्धत पुग्ने विश्वास व्यक्त गरिएको छ
 
नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले आमनागरिकहरुमा बैङ्किग पहुँच पु¥याउने लक्ष्यअनुरुप देशका विभिन्न स्थानहरुमा विगतमा बन्द भएका शाखाहरुको पुनःस्थापना तथा नयाँ शाखा कार्यालयहरु स्थापना गर्दै बैंकिङ्ग कारोवार गर्दै सबैं नेपालीलाई बैंकिङ्ग पहुँच पु¥याउने अभियानमा बैंक रहेको बताए ।

नेपाल बैंक लिमिटेडले ८३ वर्षको इतिहास बनाएको छ । बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत शेयर हिस्सा कायम  छ । बैंकले देशको ६३ जिल्लामा रहेका १  सय ७७ वटा शाखा, २६ वटा एक्स्टेन्सन काउण्टर तथा १ सय १९ वटा एटिएम  रहेको जनाइएको छ।


 

salt training

कमेन्ट गर्नुहोस्