२२ असार २०८३, सोमबार

यी मानिसको प्यान्टभित्रबाट निस्कियो सर्प ! (भिडियो)

फागुन १३, २०७६
यी मानिसको प्यान्टभित्रबाट निस्कियो सर्प ! (भिडियो)

भारतको उत्तर प्रदेशस्थित झाँसीमा बेहोश भएका एक मानिसको प्यान्टबाट गोमन सर्प निस्किएको छ । 

घटनाको भिडियोमा गाउँलेहरूले एक समूहले मुकेश कुशवाहा नामक मानिसलाई घेरेको देखिन्छ । उनी नजिकैको एक इनारमा खसेका थिए । 

बटुवाहरूले उनलाई इनारबाट उद्धार गरेपछि उनको लुगाभित्र सर्प रहेको पाइयो । घटना शनिवार भएको हो । 

भैरवदेव गाउँका मानिसले लामो लट्ठी लिएर सर्पलाई निकालेका थिए । 

कुशवाहाको प्यान्टबाट सर्प निस्किएर हतारहतार गएको देखिन्छ । सर्प गएपछि कुशवाहालाई तानिएको थियो । 

पछि सर्प झाडीहरूतिर गायब भएको थियो । 

इनारमा खस्दा कुशावाहालाई टाउकोमा गम्भीर चोटपटक लागेको थियो र उनलाई उपचारका लागि तत्कालै अस्पताल लगिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्