१२ साउन २०८३, मंगलबार

दुग्ध पदार्थ खाँदा पछि गएर स्ट्रोकको खतरा घट्ने

बैशाख २२, २०७८
दुग्ध पदार्थ खाँदा पछि गएर स्ट्रोकको खतरा घट्ने

दुग्धपदार्थ खाएपछि जीवनको उत्तरार्धमा हृदयघातको सम्भावना घट्न सक्ने अनुसन्धाताहरूले बताएका छन् । 

चार लाखभन्दा बढी मानिसमा गरिएको एक बृहद् अध्ययनमा दूध, दही र चीज खाँदा स्ट्रोकको जोखिम घट्छ । 

दिनदिनै दूध पिउनेहरूलाई इस्काएमिक स्ट्रोक ५ प्रतिशतले घट्ने र सानो भाँडोमा दही खाँदा त्यो ९ प्रतिशतले घट्ने देखियो । 

अण्डा खानेहरूलाई चाहिँ हेमोराजिक स्ट्रोकको सम्भावना देखिने अनुसन्धान परिणामले देखाएको छ । 

अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धाताहरूले नौवटा युरोपेली मुलुकको खानपानको अध्ययन गरेका थिए । 

फाइबरयुक्त खानेकुरा, फलफूल र तरकारी खानेहरूलाई स्ट्रोकको सम्भावना कमै रहन्छ । 

प्रमुख अनुसन्धाता डा ट्याम्मी टोङले भने, ‘डेरी उत्पादन बढी खानेहरूलाई इस्काएमिक स्ट्रोकको जोखिम कम हुन्छ । पहिलेका अध्ययनले पनि दुग्ध पदार्थ खाने मानिसमा रक्तचाप कम हुने देखाएको छ र स्ट्रोकको प्रमुख जोखिम त्यही हो । तर फलफूल र तरकारी खानेलाई स्ट्रोकको जोखिम दूध पिउनेलाई भन्दा पनि कम हुन्छ ।’

अध्ययनको निष्कर्ष युरोपीयन हार्ट जर्नलमा प्रकाशित छ । त्यसमा दिनको २०० ग्राम फलफूल र तरकारी खाने मानिसमा इस्काएमिक स्ट्रोकको जोखिम १३ प्रतिशतले घट्ने देखाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्