०५ साउन २०८३, मंगलबार

सन्दीपले एसिया–११ टोलीबाट खेल्ने

फागुन १३, २०७६
सन्दीपले एसिया–११ टोलीबाट खेल्ने

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एसिया–११ टोलीबाट खेल्ने भएका छन्।

 सन्दीपलाई बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि–२० कपमा खेल्ने एसिया–११ टोलीमा समावेश गरिएको हो। 

उक्त प्रतियोगिता बंगलादेशले बंगबन्धु शेख मुजिबउर रहमानको जन्मशताब्दीका अवसरमा आगामी चैत ८ र ९ गते ढाकामा आयोजना गर्न लागेको हो। सो प्रतियोगिताका लागि आयोजक बङ्गलादेश क्रिकेट बोर्डले मंगलबार १४ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको हो। 

सन्दीपसँगै एशिया–११ टोलीमा भारतीय कप्तान विराट कोहली, लोकेश राहुल, शिखर धवन, ऋषभ पन्त, लिटन दास, तमिम इक्बाल, लसिथ मालिंगा, मुस्ताफिजुर रहमान, राशिद खान, मुस्फिकुर रहीम, थिसारा परेरा, मोहमद सामी र कुलदिप यादव छन्। प्रतियोगिताअन्तर्गत विश्व–११ र एशिया–११ बीच दुई वटा खेल हुनेछन्। 
 

salt training

कमेन्ट गर्नुहोस्