
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था गर्न संविधान संशोधन’ बेमौसमी बहस रहेको बताएका छन्।
सत्तासिन नेपाल कम्युनिस्ट पार्टीको पछिल्लो सचिवालय बैठकले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था गर्न संविधान संशोधन कार्यदल गठन गरेपछि त्यसो तीव्र आलोचना भइरहेको छ।
बुधबार फेरि नेकपा सचिवालय बैठक बस्ने तय भएका बेला नेकपा नेता समेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीले ट्वीटरमार्फत् आपत्ति जनाएका हुन्।
निर्वाचनमा आफूहरुमाथि जनविश्वासको आधार रहेको उल्लेख गर्दै उनले स्थिरता र समृद्धिको अपिल रहेको स्मरण गराएका छन्।
नेकपामा कहिले आलोपालो प्रधानमन्त्री त कहिले शासन प्रणाली परिवर्तन अनि राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहस रहेको उनले उल्लेख गरेका छन्।
ज्ञवालीले प्रश्न गरेका छन्, ‘के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो?
उर्नी राष्ट्रसंघको मानव अधिकार परिषदमा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभामा छन्।
कमरेडहरू,गत:निर्वाचनमा हामीमाथि जनविश्वासको आधार थियो-स्थिरता र समृद्धिको अपिल।तर कहिले आलोपालो प्रमं त कहिले शासन प्रणाली परिवर्तन,अनि राष्ट्रियसभा सदस्य पनि प्रमं हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहस।
— Pradeep Gyawali (@PradeepgyawaliK) February 25, 2020
के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो?